वडा अध्यक्ष रामकुमार पुडासैनी

हेटौंडाः हेटौंडा वडा नम्बर ३ बाट अध्यक्षका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । नेकपा एमालेका रामकुमार पुडासैनी, परेशमान विडारी र कल्पना लामाको नाम सिफारिस गरिएको हो ।

रामकुमार पुडासैनी वर्तमान अध्यक्ष समेत हुनुहुन्छ भने परेशमान विडारी र कल्पना लामा नयाँ अनुहार हो । यस्तै, ३ नम्बर वडामा सदस्य खुलातर्फ चण्डिका न्यौपाने र हितबहादुर पुलामी, दलित महिलातर्फ राधा कुमारी बिश्वकर्मा, महिलातर्फ बिमला बर्तौलाको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । बिमला बर्तौला र राधा कुमारी विश्वकर्मा हाल वडा सदस्यको भूमिकामा हुनुहुन्छ । न्यौपाने र पुलामी नयाँ अनुहार हुन् ।