सङ्केतिक तस्विर google..

हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुरमा अवस्थित जनता माध्यमिक विद्यालय फापरबारीका तीन जना शिक्षक विरुद्ध विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुले जाहेरी दिएका छन् । विद्यार्थीको अभिभावकले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा यौन दुव्र्यवहार गरेको भन्दै किटानि जाहेरी दिएका हुन् ।

घटना स्थानीय स्तरमै मिलाउन दबाब आइरहेको अवस्थामा विद्यार्थीका अभिभावकहरुले गएराति प्रहरीको सहयोगमा प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएका हुन् । ४ जना पीडित बालिका विद्यार्थीका ३ जना अभिभावकले किटानी जाहेरी दिएको कार्यालयका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र जानकारी दिनुभयो । जनता माविका तीन जना शिक्षकहरु लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकको नाममा पीडित परिवारले किटानी जाहेरी दिएका हुन् ।