हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा एमालेबाट वडा अध्यक्षहरुको नाम सिफारिस भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले मनहरीले वडा अध्यक्षहरुको नाम सिफारिस गरेको एमाले मनहरीका अध्यक्ष नविन सुवेदीले जानकारी दिनुभयो ।

मनहरी गाउँपालिका–१ को अध्यक्षमा चार जनाको नाम सिफारिस भएको छ । मनहरी–१ को वडा अध्यक्षका लागि भीमसेन अधिकारी, विशाल लामा, कोषक विष्ट र देवराज भण्डारीको नाम सिफारिस भएको हो । यस्तै, मनहरी गाउँपलिका २ नम्बरका वडा अध्यक्षका लागि निमा लामा सर्वसम्मत हुनुभएको छ । यस्तै, ३ नम्बर वडाका वडा अध्यक्षका लागि मान बहादुर बल, अनिल पुडासैनी र उद्धव मल्लको नाम सिफारिस भएको छ । यस्तै, ४ नम्बर वडाका लागि रविन ढकाल सर्वसम्मत् हुनुभएको छ । ५ नम्बर वडाका लागि किशोर बर्तौला र सोमनाथ रुम्बाको नाम सिफारिस भएको छ । ६ नम्बर वडामा गोपीलाल मोक्तान, ७ नम्बरमा नारायण सिंह घिसिङ, ८ नम्बरमा पुस्कर सुवेदी र ९ नम्बर वडामा लक्ष्मण उप्रेती सर्वसम्मत हुनुभएको छ ।