भेलाबाट चयन भएका अध्यक्षसहित सदस्यहरु ।

हेटौंडाः नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरको जिल्ला कमिटीको अध्यक्षमा लिशन बस्नेत मनोनित हुनुभएको छ । आज शुक्रबार नेकपा(एकीकृत समाजवादी) पार्टी कार्यालयमा आयोजित जिल्ला भेलाबाट बस्नेत मनोनित हुनुभएको हो ।

भेलाले उपाध्यक्षमा सुवास ढुङ्गेल, सचिवमा विकास उप्रेती, सह–सचिवमा सम्झना तिमल्सिना र सिताराम अधिकारी, कोषाध्यक्षमा पृथ्वी नेपाल सहित १७ सदस्यीय समिति चयन गरेको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरका स्थायी कमिटी सदस्य ललितकुमार बस्नेतको सभाध्यक्षतामा भेला भएको हो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!