हेटौंडाः मानवसेवा आश्रम हेटौंडालाई मकवानपुरका स्थानीय तहहरुले सहयोग गरेका छन् । मकवानपुरको स्थानीय तहबाट आश्रमलाई १३ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।
हेटौंडा–९ स्थित मानवसेवा आश्रमलाई मकवानपुरको तीन वटा गाउँपालिकाले ८ लाख रुपैयाँ सहयोग गरेका छन् । यस्तै, हेटौंडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ । सडक मानवहरुको आश्रय स्थल बनेको आश्रमलाई संचालनमा सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले सहयोग गरेको हो । आश्रमको लागि मनहरी गाउँपालिकाबाट ५ लाख रुपैयाँ, मकवानपुरगढी गाउँपालिकाबाट २ लाख रुपैयाँ र बकैया गाउँपालिकाबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको मानवसेवा आश्रम मकवानपुरका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो । हाल आश्रममा २ सय जना आश्रय लिएका छन् ।