हेटौंडाः आगामी बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले हेटौंडा वडा नम्बर २ को अध्यक्षमा पुनः हरि बहादुर राउतलाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको वडा कमिटी बैठकले पुनः हरि बहादुर राउतलाई अध्यक्षमा सिफारिस गरेको हो ।
उहाँ हाल अध्यक्षको जिम्मेवारी सम्हालिरहनु भएको छ । वडा नम्बर २ ले दलित महिला सदस्यमा सुमित्रा सुनार कामीलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको छ । सुमित्रा हाल वडा सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । यस्तै, वडा नम्बर २ बाट खुला सदस्य र महिला सदस्यमा ८ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
नेकपा एमालेका रामकृष्ण तिमल्सिना, महेश्वरमान श्रेष्ठ, रेनु गुरुङ, शिशिर सुवेदी, जितेन्द्र श्रेष्ठ, चन्द्रावति पनेरु, सीता तिमल्सिना र अञ्जु अधिकारीको नाम सिफारिस गरेको छ । महेश्वरमान श्रेष्ठ र रेनु गुरुङ हाल सदस्य हुनुहुन्छ भने रामकृष्ण, शिशिर, चन्द्रावति, जितेन्द्र, सीता र अञ्जु नयाँ अनुहार हो ।