पेम्बा लामा ।

हेटौंडाः आगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले हेटौंडा वडा नम्बर १३ मा उम्मेदवार सिफारिस गरेको छ । वडा नम्बर १३ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा पेम्बा लामालाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गर्ने निर्णय भएको छ ।

उम्मेदवार लामा व्यवसायीसँगै समाजसेवामा सक्रिय हुनुहुन्छ । उहाँ युवा संघको जिल्ला समिति सदस्य समेत हुनुहुन्छ । यस्तै, नेकपा एमालेले वडा नम्बर १३ को सदस्यहरुमा आशिष थापा, बुद्ध गोले, बिष्णुमाया परियार र बिष्णुमाया थिङलाई उम्मेदवार बनाउने सर्वसम्मतरुपमा सिफारिस गरेको छ । विष्णु माया परियार अहिले पनि वडा सदस्य हुनुहुन्छ भने आशिष, बुद्ध र विष्णुमाया थिङ आगामी निर्वाचनका लागि नयाँ अनुहार हो ।