नरेन्द्र भण्डारी ।

हेटौंडाः नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको ९ नम्बर वडा अध्यक्षमा नरेन्द्र भण्डारीसहित ३ जनाको नाम सिफारिस गर्ने निर्णय भएको छ । बुधबार सम्पन्न पार्टीको वडा कमिटीको बैठकले नरेन्द्र भण्डारीसँगै हालका वडा अध्यक्ष लक्ष्मण भण्डारी र गोमा शाहको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

वडाबाट सर्वसम्मत अध्यक्षको उम्मेदवार चयन गर्न नसक्ने अवस्था आएपछि जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको हो । युवा उम्मेदवारको रुपमा नरेन्द्र भण्डारीको नाम सिफारिस हुनुले जिल्लाबाट नरेन्द्रकै नाम जिल्लाले निश्चित गर्ने अनुमान गरिएको छ । नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य नरेन्द्र मकवानपुर उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य समेत हुनुहुन्छ । युवा संघको पूर्वकेन्द्रीय सदस्य नरेन्द्र लोकप्रिय युवा नेता तथा व्यवसायी हुनुहुन्छ । वडाकै पार्टी सदस्य तथा पार्टी भन्दा बाहिर रहेका सर्वसाधारणले समेत अध्यक्षको जिम्मेवारी लिन अग्रसर हुनका लागि प्रेरित गर्दै आएकोले पनि अगाडि बढेको भण्डारीको भनाइ छ ।

यस्तै २ जना खुला सदस्यमा ६ जनाको नाम सिफारिस गरिएको छ । खुला सदस्यमा मदन न्यौपाने, यदुवंश खतिवडा, नारायण खतिवडा, रामकुमार श्रेष्ठ, टिका प्रसाद भट्टराई र सिताराम पौडेलको नाम सिफारिस गर्ने निर्णय भएको छ । महिला सदस्यमा मीना अर्याल र दलित महिलामा लक्ष्मी नेपालीको नाम सिफारिस गरिएको छ । लक्ष्मी नेपाली अहिले पनि वडा सदस्य हुनुहुन्छ भने मीना अर्याल नयाँ अनुहार हो ।