शनिबारको दिन थियो, सधैँ झैँ त्यसदिन पनि एकाबिहान मेरो आँखाको ढकनी खुल्यो । आज त मेरो विशेष काम गर्नु पर्ने दिन हो भनेर सम्झेर म आफ्नो नित्यकर्मतर्फ उन्मुख भएँ । घरको अब भने मेरो दिमागमा आजको रिपोर्ट ताजको कुरा खेल्यो ।
म मेरो घर नजिकैको मलाई १० कक्षा हुँदा पढाउनु भएको गुरु कहाँ गए र गुरु मलाई उहाँको घरतिर आउँदै गरेको देखेर चकित हुनुभयो । मैले गुरुलाई दर्शन र आशीर्वाद थापे र नजिकै भए तापनि गुरुको व्यस्तताले कुरा हुन गाह्रो भएको थियो । तर आज धेरै दिनपछि गुरुलाई दर्शन गर्न पाएँ । गुरुले सोध्नु भयो कि यहाँ आउनुको मुख्य कारण के होला भनेर ? मैले भनेँ आजको शीर्षक रिपोर्टताज बनाउनुपर्ने थियो र आज म चाहिँ हजुरको शिक्षक जीवनमा भोगिरहेको कुराहरु सोध्न र बुझ्न चाहेँ भन्दै मैले गुरुलाई अनुमति मागेँ । गुरु मुस्कुराउँदै भन्नुभयो र मेरो अनुमति स्वीकार्नु भयो । पहिलो कुरा त गुरुको नाम भने डिनानाथ कडरिया थियो र मेरो प्रश्न त्यसतर्फ थियो गुरु । कुनै विद्यार्थीका शिक्षक हुनु कतिको कठिनाई भोग्नु पर्ने र हामी विद्यार्थीलाई मात्र टाउकोमा बोझ पर्छ कि एउटा शिक्षक भएसि विद्यार्थीको बारे कतिको चिन्ता बढ्छ नि ? भनेर मलाई धेरै जान्न बुझ्न मन लाग्यो । गुरुको उत्तर त्यसतर्फ थियो कि पहिलो कुरा त शिक्षक हुनु भनेको कुनै पलेटी मारेर बसेर खाना खाने जस्तो सजिलो हुन्छ । विद्यार्थीहरु शिक्षकका लािग सबै आफ्नै छोरा छोरी जस्तो हुन्छ यहाँ एकै नासको कुनै विद्यार्थीहरु हुँदैनन् । यहाँ हजारौँ विद्यार्थीहरु छन् कुनै मिहिनेती देख्छन् कुनै कामचोर देखिरहेको हुन्छ र उनीहरुलाई उज्यालो बाटो देखाउने र अँध्यारो बाटोबाट निकाल्ने काम पनि त हाम्रै हात मै देखिन्छ ।
म गुरुको उत्तर सुनेर स्तब्ध भएँ । फेरि मेरो दिमागमा अर्को प्रश्न आयो । गुरु, हजुरसँग धेरै ज्ञान छन् । यहाँ पेशाहरु पनि अनेकौँ भन्दा अनेक पेशाहरु छन् तर हजुरले शिक्षक पेशा रोज्नुको कारण के होला ? मेरो प्रश्न सुनेर गुरु फेरि मुस्कुराउनु भयो । गुरुले भन्नुभयो कि अरु पेशाहरु पनि पाएँ । गरेँ पनि तर मेरा लागि नेपाली विषयमा शिक्षण पेशा नै उत्तम लाग्यो र आज १० वर्षदेखि यसमै सीमित भएर बसेको छु । अर्को मेरो चाहाना भनेको मसँग भएको ज्ञान तिमीहरु जस्तो विद्यार्थीहरुलाई बाँड्न पाउँदा अर्कै खुसी पनि त हुन्छ नि हैन र ? भनेर मलाई नै प्रश्न गर्नुभयो, मैले गुरुसँग हो मा हो मिलाएँ ।
फेरि मैले अर्को प्रश्न गरेँ अनि गुरु हजुरले यस शिक्षक पेशामा लाग्नु भएको १० भयो भनेर भन्नुभयो र समय भन्ने कुरा यहाँ छिण भर मै सकिरहेको हुन्छ । एउटा शिक्षक भएसि यो समय मिलाउन गाह्रो पो हुन्छ त हैन र गुरु र हजुर घण्टौँ खटेर विद्यार्थीहरुलाई शिक्षा बाढिरहेको हुन्छ । सबै विद्यार्थीहरु मिहिनेती पनि हुँदेन कुनै त गुरुहरुले भनेर कुराहरु पनि फिटिकै मान्दैन । स्वीकृति म सधैँ एउटै समयमा हिँड्ने गर्छ र त्यो समय म आफ्नो परिवारलाई नि दिइरहेको हुन्छ र आफ्नो विद्यालयमा पनि र मेरा लागि शिक्षक पेशा र परिवार उत्तिकै महत्व छ । आज यही पेशाले मेरो घर धन्दा पनि चलाइरहेको छ नि त जस्तै दिनभरि विद्यालयमै मेरो आधी समय विताएपनि बेलुका समय भने म आफ्नो परिवारसँग बसेर बिताउँछु र अर्को कुरा मिहिनेती विद्यार्थीहरु देख्दा एकदम खुसी लाग्छ आफ्नै छोराछोरी सफल बाटोमा लाग्दै छ भनेर खुसी लाग्छ । (यति भन्दै एक घण्टा बितेको पत्तै भएन) गुरु मैले गरेको काम देखेर धेरै खुसी हुनुभयो साथै आफ्नो कामप्रति पनि खुसी नै हुनुहुन्छ ।