सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा शुक्रबार २ जनमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दैनिक रुपमा सार्वजनिक गर्दै आएको विवरण अनुसार विगत २४ घण्टामा ११ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै ४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएन । जिल्लामा अहिले संस्थागत आइसोलेसनमा कोही पनि उपचारत रहेका छैनन् । होम आइसोलेसनमा भने ७ जना कोरोना संक्रमणका विरामी उपचाररत रहेको स्वास्थ्य कार्यलयको विवरणमा उल्लेख रहेको छ । यस्तै, मकवानपुरको ३ लाख १८ हजार ५ सय ६५ जनाले कोभिड १९ विरुद्धको पुर्ण खोप लगाएका छन् ।