व्हीलचियर हस्तान्तरण गर्दै महाशाखा अधिकृत जगन्नाथ सापकोटा ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक महाशाखाले अपाङ्गता भएका दुईजनालाई व्हीलचियर वितरण गरेको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ का अशक्त राम बहादुर नेगी र हेटौंडा १८ नै घर भएको सिता माया घलान परिवारलाई व्हीलचियर हस्तान्तरण गरिएको छ ।

कम्बरभन्दा तलको भाग नचल्ने घलान र जन्म जात अपाङ्ग भएको सितालाई महाशाखा अधिकृत जगन्नाथ सापकोटाले सामाग्री हस्तान्तरण गर्नु भएको हो । दुबै जना रातो कार्ड भएको जनाएको छ । यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरकि महाशाखाले दैनिक रुपमा अपाङ्गता भएको व्यक्तिलाई सहयोग गर्दै आएको छ । महाशाखाले ४३ जना अपाङ्गता भएको व्यक्तिलाई परीचय पत्र प्रदान गरेको छ । जसमा १० जना “क ” वर्ग, २३ जना “ख” वर्ग, ९ जना “ग” वर्ग र १ जना “घ” वर्गका अपाङ्गता भएकाहरुलाई परिचय पत्र वितरण गरेको जनाएको छ ।