हेटौंडाः कमिसन बढाउन माग गर्दै पेट्रोलियम व्यवसायीले नेपाल आयल निगमसँग पेट्रोलियम पदार्थ नउठाउने बताएपछि पेट्रोल पम्पमा सर्वसाधारणको भीड भएको छ । शुक्रबारदेखि नै निगमको डिपोबाट व्यवसायीले पेट्रोलियम पदार्थ नउठाउने जनाएको छ ।
व्यवसायी आन्दोलित हुँदा पेट्रोलियम पदार्थको अभाव हुन सक्ने त्रासमा सर्वसाधारण आफ्नो सवारी साधनमा पेट्रोल भर्नका लागि पम्पमा भीड लागेका हुन् । मूल्यवृद्धि भएर लगानी बढे पनि व्यवसायीको कमिसन भने नबढेको भन्दै व्यवसायी आन्दोलित बनेका हुन् । अत्यावश्यक सेवाको रुपमा रहेको पेट्रोलियम ढुवानी ठप्प पारेर आन्दोलन गर्ने कार्यको विरोध हुने भएकोले शुक्रबार पारेर व्यवसायीले आन्दोलन गरेको बताइन्छ । व्यवसायी आन्दोलित भयो भन्ने सन्देश प्रवाह गरेर शनिबारसम्ममा माग पूरा गराउने व्यवसायीको आशय रहेको पनि मानिन्छ ।