हेटौंडाः मकवानपुरका कवि तथा पत्रकार छवि अनित्यको तुइनको बाटो (दोस्रो कविता संग्रह—२०७८) विमोचन हुने भएको छ । आज शुक्रबार एक कार्यक्रमका बीच अनित्यको तुइनको बाटो पोखरामा विमोचन हुने भएको हो ।
अनित्यको दोस्रो कविता संग्रह तुइनको बाटोमा ५३ वटा कविता रहेका छन् । २०७१ सालमा प्रकाशित “हल्ला” अनित्यको पहिलो कविता संग्रह हो । बागमती प्रदेशको राजधानी हेटौंडा—१८, हटियामा उहाँको बाल्यकाल बितेको थियो ।
अनित्यले करिब २० वर्ष अघिदेखि विद्यालय तहबाट नै कविता लेख्न सुरु गर्नुभएको हो । अनित्य मकवानपुर बाल विद्या सदनका प्रधानाध्यापक, नेपाल पत्रकार महासंघ मकवानपुरको सदस्य तथा सञ्चारकर्मीसमेत हुनुहुन्छ । उहाँ शिक्षा संकायमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।