स्वर्गीय नविन्द्र राज जोशी ।


हेटौंडाः नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यालयको परिपत्र अनुसार, नेविसंघका पूर्वमहामन्त्री तथा नेपाली काँग्रेसका तत्कालिन केन्द्रीय सदस्य स्व.नवीन्द्रराज जोशीको प्रथम स्मृतिमा आईतबार हेटौंडामा उहाँको योगदानको स्मरण तथा चर्चा गरिएको छ ।

स्वर्गीय जोशी संविधानसभा सदस्य ,पूर्वमन्त्री, काठमाडौं महानगरका संस्थापक उपप्रमुख तथा जनताका लोकप्रिय नेता थिए । यस्तै, आईतबार साँझ जोशीको सम्झनामा दीप प्रज्वलन गरिएको छ । नेविसंघ वन बिज्ञान अध्ययन संस्थान र हेटौंडा क्याम्पसको आयोजनामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो । नेवि संघ इकाई सभापति राज रेग्मीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमिती सदस्य चम्फु लामा लगायतको उपस्थिति रहेको थियो ।