हेटौंडाः हेटौंडा–८ कमानेका राम प्रधानले हेटौंडा –१५ स्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थललाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । आइतबार उहाँले आश्रयस्थलमै उपस्थित भएर खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
प्रधानले आफ्नो जन्मदिनको अवसरमा करिब ७ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको बताउनुभयो । आश्रम अहिले करिब २६ जना बृद्धबृद्धा आश्रित रहेको उहाँले बताउनुभयो । आफ्नो जन्मदिनको अवसरमा आश्रममा सहयोग गर्न पाउँदा खुसी भएको प्रधानको भनाई छ ।