फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संमलन केन्द्रमा आइतबार ११ जनाले स्वाब संकलन गराएका छन् । ३ जना महिला र ८ जना पुरुषले कोरोना भए नभएको थाहा पाउनका लागि स्वाब संकलन गराएको हेटौैंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।

संकलित स्वाब नमुनाहरु कोरोना परीक्षणका लागि हेटौंडा अस्पतालस्थित पीसीआर प्रयोगशाला पठाइएको निरीक्षक चौलागाईले जानकारी दिनुभएको छ ।