शिक्षा विकास महाशाखाका प्रमूख गंगाधर रिमाललाई ज्ञपानपत्र बुझाउनुहुँदै ।

हेटौंडाः एकीकृत अखिल नेपाल शिक्षक संगठन हेटौंडा उपमहानगर कमिटीले हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखालाई ५ बुँदे सुझावसहित ज्ञापनपत्र बुझाएको छ । मंगलबार परिचयात्मक कार्यक्रमबीच महाशाखा प्रमुख गंगाधर रिमाललाई उक्त ज्ञपानपत्र बुझाएको शिक्षक कृष्ण खनालले जानकारी दिनुभयो ।

शिक्षक सरुवा, विद्यालय व्यस्थापन समिति चयनजस्ता विद्यालयसँग सम्बन्धित क्रियाकलापलाई समसामयिक बनाउन सुझाव पेश गरेको खनालले बताउनुभयो । ज्ञापनपत्र बुझ्नुहुँदै महाशाखा प्रमुख रिमालले शिक्षासँग सम्बन्धित समसामयिक विषयमा ध्यानाकर्षण भएको बताउनुभयो । आगामी दिनमा यस्ता विषयलाई थप व्यवस्थित र परिमार्जित गरिने उहाँको भनाइ छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!