जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीलाई स्वागत सम्मान गरिँदै ।

हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष वेश खड्गीलाई स्वागत गरिएको छ । मंगलबार मकवानपुर क्रिकेट संघले अध्यक्ष खड्गीलाई एक कार्यक्रमका बीच स्वागत गरेको हो ।

कार्यक्रममा संघले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा विजयी भएका मकवानपुरका खेलाडीहरुलाई सम्मान गरेको छ । हिजो सोमबार चितवन जिल्लास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा धादिङ जिल्लालाई २४ रनले पराजित गर्दै मकवानपुरले उपाधि जितेको थियो ।

कार्यक्रममा नवनियुक्त अध्यक्ष खड्गीले क्रिकेटमा विजयी टिमलाई व्यक्तिगत नगद १६ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । क्रिकेट संघले जितेको ट्रफि खेलकुद विकास समितिमा बुझाएको छ । यस्तै चितवनमा तीन दिवसीय खेल खेल्न क्रिकेटका खेलाडीहरुलाई बिदाई गरिएको छ । मकवानपुर क्रिकेट संघका अध्यक्ष वासुलाल श्रेष्ठको सभाध्यक्षता तथा क्रिकेट संघका केन्द्रीय सदस्य करन महत्रा क्षेत्रीको प्रमुख आतिथ्यमा खेलाडी सम्मान कार्यक्रम भएको हो ।