हेटौंडाः मंगलबार ५ जना स्वाब परीक्षण गराएका छन् ।
कोरोना भए नभएको थाहा पाउन १ जना महिला र ४ जना पुरुषले स्वाब परीक्षण गराउन स्वाब संकलन गराएका हेटांैडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । परीक्षण भएका स्वाब नमुनाहरु हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको उहाँले बताउनुभयो ।











