हेटौंडाः विश्व कविता दिवसको अवसरमा सोमबार हेटौंडामा बहुभाषामा कविता वाचन कार्यक्रम भएको छ । साहित्य सङ्गमको सभाहलमा सर्जक सञ्जाल मकवानपुरको आयोजनामा कविता वाचन कार्यक्रम भएको हो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको सभाध्यक्षता तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाली, संस्कृत, अंग्रेजी र हिन्दी भाषामा कविता वाचन गरिएको थियो । मकवानपुरको २५ जना साहित्यकारले कविता वाचन गरेका थिए ।

सन् १९९९ मा संयुक्त राष्ट्र संघको शैक्षिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो । कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पु¥याउने भएकाले समृद्ध समाजका लागि कवितालाई महत्वपूर्ण मानिन्छ ।