हेटौंडाः बागमती प्रदेश सभाको बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ ।
आजको बैठकमा विभिन्न ३ वटा विधेयकमाथि छलफल हुने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभएको छ । आजको बैठकमा शून्य समयमा प्रदेश सभा सदस्यहरुले आफ्ना धारणा राख्ने कार्यक्रम पनि रहेको सचिव खड्काले बताउनुभएको छ ।