मकवानपुर जिल्लाको फुटबल टिम ।

हेटौंडाः बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ । घरेलु मैदानमा मकवानपुरले ललितपुरलाई पेनाल्टी सुटमा ३–० गोलअन्तरले पराजित गरेको हो ।

निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटमा धकेलिएको थियो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा ललितपुरले अग्रता लिएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!