हेटौंडाः नेपाल बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा पुनः मोहनप्रसाद शर्मा चयन हुनुभएको छ । शनिबार भएको नवौं जिल्ला सम्मेलनबाट शर्माको अध्यक्षतामा सर्वसम्मत १९ सदस्यीय समिति चयन गरेको हो । परिषद्को उपाध्यक्षमा घनश्याम घिमिरे, सचिवमा संगम चौलागाई, सहसचिवमा हरि खड्का, कोषाध्यक्षमा राजेन्द्रप्रसाद चौलागाई चयन हुनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद् मकवानपुरका अध्यक्ष मोहनप्रसाद शर्माको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमालेको बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौला, जिल्ला कमिटी अध्यक्ष एकालाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।