Home मुख्य समाचार कर्मचारी समायोजनः डेंगु प्रभावित क्षेत्रमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीमा तत्काल लागू नुहने

कर्मचारी समायोजनः डेंगु प्रभावित क्षेत्रमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीमा तत्काल लागू नुहने

काठमाडौं, भदौ २५ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु प्रभावित क्षेत्रमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीलाई तत्काले कार्यस्थल नछाड्न निर्देशन दिएको छ। 

मन्त्रालयले ती क्षेत्रमा कार्यरत रहेका डाक्टर तथा स्वास्थ्यकर्मीलाई समायोजन भए पनि तत्काललाई उक्त समायोजन कार्यान्यन नहुने निर्णय गरेको हो। 

मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै समायोजन भएका कर्मचारीलाई अर्को निर्णय नभएसम्मका लागि कार्यस्थल नछाड्न भनेको छ। 

मन्त्रालयले डेंगु प्रकोप फैलिएका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालका लागि प्रसूति विदा, अध्ययन विदा र किरिया विदा बाहेक अन्य विदा स्वीकृत नगर्न नगराउन समेत मातहतका निकायलाई निर्देशन दिएको छ। श्राेत स्वास्थ्य खबरपत्रिका

Exit mobile version