गुगल तस्विर ।

हेटौंडाः हेटौडा—१८ स्थित ठुलदमारका अर्जुन गुरुङ बकैयामा मृत अवस्थामा फेला परेको छ । सोमबार बकैया–६ कत्लेमा गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाइएको छ ।

सोमबार विहान ९ बजेको समयमा गुरुङ मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । स्थानीयका अनुसार गुरुङको बकैया–६ कत्लेमा एैलानी रहेको, जग्गा नापि विभागका टोली आउने भएपछि गुरुङ आफ्नो जग्गामा झाडी सफा गर्न गएका थिइ । गुरुङको शव पोष्ट मार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । मृत्यु हुनुको कारण अझै खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।