हेटौंडाः हेटौंडा १० स्थित गोरक्षश्वर स्वाब संकलन केन्द्रमा आज मंगलबार २ जनाले स्वाब संकलन गराएका छन् । कोरोना भए नभएको परिक्षणका लागि २ जना पुरुषले स्वाब दिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनु भएको छ । उनीहरुको परिक्षणमा कोरोना नेगेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा ११ जना होम आईसोलेसनमा उपचारत रहेसँगै संक्रिय संक्रमितको संख्या ११ जना रहेका छन् ।