हेटौंडाः प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको मकवानपुर बहुमुखी क्याम्पस इकाई अध्यक्षमा रविन कोइराला चयन हुनुभएको छ । शनिबार बिहान भएको इकाई अधिवेशनबाट अध्यक्षमा रविन कोइराला सर्वसम्मत चयन हुनुभएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा श्याम सुवेदी, सचिवमा दिनेश विडारी, सहसचिवमा सोनेलाल झा, कोषाध्यक्षमा निरा शर्मा चयन हुनुभएको छ । यस्तै, सदस्यमा सोलार अधिकारी, लेखनाथ पौडेल, गोविन्द प्रसाद सञ्जेल, लिना श्रेष्ठ, श्रीजेस चौवे र सुशील न्यौपाने चयन हुनुभएको छ ।
समितिको कार्यकाल ३ वर्षे रहनेछ । कार्यक्रम निवर्तमान अध्यक्ष उमेश अर्यालको अध्यक्षता तथा प्रजातन्त्रवादी प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पसका सल्लाहकार डा. रामप्रसाद अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।