सोमबार राती मतगणना गरिँदै ।

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरको अधिवेशनअन्तर्गत सोमबार भएको मतदानमा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न सकेनन् । कुनैपछि उम्मेदवारले पर्याप्त मत नपाउँदा दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

पहिलो चरणमा निर्णय हुन नसक्दा अब पहिलो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुनेछ । सभापतिका तीनजना उम्मेदवारमध्ये सवैभन्दा कम मत ल्याउने जयराम लामिछाने निर्वाचनको प्रक्रियाबाट बाहिरिएका छन् । पहिलो बुद्ध लामा र दोस्रो हुने आनन्दराम पराजुलीबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो चरणको निर्वाचनमा पहिलो हुने बुद्ध लामाले ५ सय ९२ मत प्राप्त गर्नुभयो भने दोस्रो हुने आनन्दराम पराजुलीले ५ सय ४५ मत प्राप्त गर्नुभयो । तेस्रो हुने जयराम लामिछानेले ५ सय ३१ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । १ हजार ८ सय ५३ प्रतिनिधिमध्ये १ हजार ७ सय ७५ प्रतिनिधिले मतदान गरेका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!