हेटौंडाः मकवानपुरमा आईतबार २ जनामा कारेना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टाको अवधिमा ५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि कारोना संक्रमण नदेखिएको र ३२ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा अहिले २८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित सवैजना होम आईसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।