हेटौंडाः नेपाली काङ्गेसको १४ औँ महाधिवेशन अन्तर्गत कांग्रेस मकवानपुरको सभापतिमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार सभापतिका लागि आनन्दराम पराजुली, जयराम लामिछाने र बुद्ध लामाले आफ्नो प्यानलसहित उम्मदेवारी दर्ता गराएको हो ।
पराजुलीको प्रस्तावकमा दिनेश उपाध्याय र समर्थकमा निलम बजगाई देवकोटा रहनुभएको छ । पराजुलीको प्यालनबाट जिल्ला उपसभापतिमा भीम लामा र रमेश गिरी रहनुभएको छ । यस्तै सचिवमा मान बहादुर पाटा मगर र यतिराज सापकोटा रहनुभएको छ । आनन्दराम पराजुलीको प्यानलमा सहसचिवमा कृष्णप्रसाद दाहाल र मिरा स्याङ्तान रहनुभएको छ ।
लामिछानेको प्रस्तावकमा देव कुमार श्रेष्ठ र समर्थकमा इश्वर नाथ पौडेल रहनुभएको छ । लामिछानेको प्यानलबाट जिल्ला उपसभापतिमा धर्मराज लामिछाने र आनन्द कठायत रहनुभएको छ । यस्तै सचिवमा इश्वर कुमार पाठक र भीमसेन महत रहनुभएको छ । जयराम लामिछानेको प्यानलमा सहसचिवको उम्मेदवार इन्दिरा न्यौपाने र रत्नबहादुर गोले रहनुभएको छ ।
लामाको प्रस्तावकमा प्रभात दाहाल र समर्थकमा राम बाबु बानियाँ रहनुभएको छ । लामाको प्यालनबाट जिल्ला उपसभापतिमा गोपीलाल विश्वकर्मा र रामबाबु बानियाँ रहनुभएको छ । यस्तै सचिवमा अर्जुन प्रसाद चौलागाई र प्रदिप कोइराला रहनुभएको छ । बुद्ध लामाको प्यानलमा अर्जुनप्रसाद तिवारी र ताराचन्द्र बजगाई सहसचिवको उम्मेदवार हुनुहुन्छ ।
उपसभापतिमा चन्द्रबहादुर पौडेल र सहसचिवमा सुमन कार्कीले एकल उम्मेदवारी दर्ता गराउनुभएको छ ।