हेटौंडाः भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले वरिष्ठ संगीतकार दीपक जंगमलाई विजुली माया वन राष्ट्रिय संगीतकार पुरस्कार प्रदान गर्ने भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले जंगमलाई १ लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यले फागुन २८ गते एक समारोहका बीच जंगमलाई पुरस्कार प्रदान गरिनेछ । हेटौंडाका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आमाको नामबाट विजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गर्नुभएको हो ।

२०६४ सालमा अम्बर गुरुङलाई पहिलो पटक पुरस्कृत गरिएको थियो । त्यसयता प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, न्हुच्छे बहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मोलाई संगीत पुरस्कार प्रदान गरिएको छ ।