संकेतिक तस्बिर ।

हेटौंडाः हेटौंडा–४, खोपेखल्ली नजिकै छुरी हानाहन हुँदा एकजना गम्भीर घाइते भएका छन् । मंगलबार दिउँसो छुरी हानाहान भएको हो ।

सडकमा हिँडिरहेका बेला दुइजना स्कुटरमा आएका केटाहरुले छुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । छुरी प्रहार गर्नासाथ उनीहरु फरार भएको प्रत्यक्षदर्शीले बताए । छुरी प्रहारबाट घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उनीहरु बीच कलेजमा सोमबार सामान्य झगडा भएको थियो । छुरी प्रहार गरेर फरार भएकाको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।