हेटौंडाः मकवानपुरमा मंगलबार ५ जनामा कारोना भाईरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा ८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको र २५ जनाकाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३७ जना पुगेको छ । संक्रमित ३७ जना होम आईसोलेसनमा उपचारत रहेको छ ।