हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–४ मा माझी समुदायका किशोरीलाई बेकरीसम्बन्धी तालिमको आयोजना गरिएको छ । आइतबारदेखि सुरु भएको सात दिने बेकरीसम्बन्धी तालिममा ९ जना किशोरीको सहभागिता रहेको छ ।

सीप सिकेर उद्यम गर्न चाहने प्रशिक्षार्थीलाई पालिकाले थप सहयोग गर्ने वडा अध्यक्ष राजन दंगालले जानकारी दिनुभएको छ । उद्यमशीलता विकास गर्न गाउँपालिकाले विभिन्न तालिमहरु दिँदै आएको छ । पालिकाले विशेषज्ञमार्फत् बंगुरपालन, माछापालन, पशुपालन, कुखुरापालन र महिलाहरुलाई सिलाइकटाईसम्बन्धी तालिमहरु दिँदै आएको छ ।