हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले गाउँपालिका बालमैत्री घोषणाको वार्षिकोत्सव मनाउँदैछ । गत वर्ष माघ २९ गते बकैया गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको थियो ।
बालमैत्री पालिका घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा बकैया गाउँपालिकाले वडा बाल सञ्जाललाई खेलकुदका सामग्री वितरण गर्ने जनाएको छ । यस्तै वक्तृत्वकला कार्यक्रम पनि गरिने बताइएको छ । बालमैत्री पालिका घोषणा भए पनि बालमैत्री पालिका हुन पूरा गर्नुपर्ने आधारहरु भने पूरा हुन सकेको छैन ।