हेटौंडा–९, सिमेन्टरोडमा स्टार नेवारी खाजाघर सञ्चालनमा

हेटौंडाः हेटौंडा–९, सिमेन्टरोडमा स्टार नेवारी खाजाघर सञ्चालनमा आएको छ । नेवारी परिकारहरु यमरी, चटामरी, बारा, सपुमिचालगायत मौलिक खाजा खुवाउने गरी शुक्रबारबाट खाजाघर सञ्चालनमा आएको सञ्चालक सन्तोष उलकले जानकारी दिनुभयो ।

सेवाग्राहीको मागअनुसार थकाली खाना, ढिंडो पनि उपलब्ध गराइने सञ्चालक उलकले बताउनुभयो । हेटौंडा बजारबाट करिब २ किलोमिटरको दूरीमा रहेको खाजाघरमा शान्त र पारिवारिक वातावरण रहेको उलक बताउनुहुन्छ । प्रदेशको राजधानी भएसँगै बजार तथा आवासीय क्षेत्रमा समेत घनत्व बढेका कारण बजारदेखि थोरै टाढा पनि व्यवसाय सञ्चालन गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो ।