फाइल तस्बिर ।

हेटौंडाः फागुन १ गतेदेखि भौतिक रुपमा विद्यार्थीलाई उपस्थित गराएर विद्यालयमा पठनपाठन सुचारु गर्ने तयारीस्वरुप हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयका प्रधानाध्यापकहरुको बैठक हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले शुक्रबार प्रधानाध्यापकको बैठक बोलाएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविको सभाकक्षमा बिहान ११ बजे सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग बैठक आयोजना गरिएको शिक्षा महशाखाका अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभयो ।

यस्तै भोलि दिउँसो १ बजे निजी विद्यालयका प्रधानाध्यापकहरुसँग महाशाखाले बैठकको आयोजना गरेको छ । प्रधानाध्यापकसँगको बैठकमा शिक्षण संस्था सुचारु गर्ने विषयमा छलफल गरिने छ ।