खोप लगाउन आउने सर्वसाधारणहरुको भिड ।

हेटौंडाः हेटौंडाको बुद्धचोकमा सर्वसाधारणलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु भएको छ । खोप लगाउन आउने सर्वसाधारण चाप बढी भएसँगै भौतिक दूरी कायम गरिएको देखिँदैन ।

जिल्ला कोभिड–१९ व्यवस्थापन समिति मकवानपुरले हेटौंडाको बुद्धचोकमा खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो । बुधबार दिउँसो मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले खोप केन्द्रको अनुगमन समेत गर्नुभएको थियो । दोस्रो दिन बिहीबार नै खोप केन्द्रमा भीडभाड देखिनुले व्यवस्थापनमा कमजोरी भएको स्पष्ट हुन्छ ।

संक्रामक रोग नियन्त्रणका लागि भएको खोप कार्यक्रम नै संक्रमणको कारकस्थल बन्ने हो कि भन्ने डर भएको छ ।