फाइल तस्बिर

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बाक्लो हिमपात हुँदा त्रिभुवन राजपथ पुर्ण रुपमा अवरुद्ध भएको छ ।

गएरातिदेखि भएको हिमपातका कारण करिब ३–४ किलोमिटर राजपथ पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । हिमपात हटाउनेबारे तयारी थालिरहेको उहाँले बताउनुभयो ।


हिमपातका कारण यस राजपथ हुँदै चल्ने सवारी साधनहरु प्रभावित भएका छन् ।