सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुुर जिल्लामा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सक्रिय संक्रमितको संख्या १ हजार ९० पुगेको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरले दैनिकरुपमा सार्वजनिक गर्दै आएको विवरणअनुसार बुधबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा १ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ सय ४५ जनाको स्वाब परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको छ ।