हेटौंडाः लागुऔषध गाँजासहित एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती १० बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–९ बाट ४९ वर्षीय राम बहादुर घलानलाई लागुऔषध गाँजा ४ केजीसहित नियन्त्रणमा लिएको हो ।
घलानको घुम्ति पसलमा सुरक्षाजाँच गर्दा लुकाई राखेको लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गाँजासहित घलानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।