हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–१ किटनीमा एक पुरुषको सुतेको अवस्थामा नै मृत्यु भएको छ । पुस ३० गते राती अन्दाजी ४० वर्षीया शिवराम मोक्तानको सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतक मोक्तानको मृत्युको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । मोक्तान सुतेको कोठामा भुषको चुलो बालिएको र झ्याल ढोका सबै बन्द गरिएको पाइएको साथै कोठाबाट बिषादीको बट्टा समेत पाइएकोले मृत्युको वास्तविक कारण पोस्टमार्टमको रिपोर्टपछि मात्र थाहा हुने उहाँले बताउनुभयो ।
कोठाबाट मोक्तानकी ३४ वर्षीया श्रीमती सीतामाया मोक्तान बेहोस अवस्थामा भेटिएको र उनको उपचार भइरहेको जनाइएको छ । उक्त कोठामा रहेको २ वटा कुखुरा पनि मरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।