श्रीराम दाहाल ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माविको प्रधानाध्यापकमा श्रीराम दाहाल नियुक्त हुनुभएको छ । आइतबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रधानाध्यापकमा दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो । विद्यालयको सहायक प्रधानाध्यापकमा गोपीरमण प्याकुरेल हुनुहुन्छ ।

यसअघिका प्रधानाध्यापक चतुर्भुज उपाध्यायले राजीनामा दिनुभएको थियो । दाहालले यसअघि हेटौंडा–५, पिप्लेस्थित बालज्योति मावि र हेटौंडा–१६, हटियास्थित लक्ष्मी आधारभूत विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रधानाध्यापक नियुक्त भए लगत्तै दाहालले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालनको तयारी भइरहेको बताउनुभयो । विद्यार्थीको सहभागिताका बारेमा बुझ्न कक्षागत शिक्षकहरुलाई जिम्मेवारी दिइएको प्रधानाध्यापक दाहालले जानकारी दिनुभएको छ ।