हेटौंडाः मकवानपुरका जेनिस उप्रेतीले द भ्वाइस किड्सको पहिलो उपाधि जितेका छन् । शनिबार राती १० बजेर १५ मिनेटको समयमा प्रत्यक्ष प्रसारणमार्फत प्रस्तोता सुशील नेपालले जेनिस उप्रेतीलाई उपाधि विजेता घोषणा गरिएको थियो ।
हिमालय टेलिभिजनले सुरुवात गरेको रियालिटी शोको शनिबार सम्पन्न फाइनल शोमा अन्तिम ८ जनामध्ये जेनिस सवैभन्दा बढी भोट प्राप्त गर्दै उपाधि विजेता बन्न सफल भएको हो ।
जेनिसले नगद १५ लाख रुपैयाँसहित विभिन्न नगद तथा जिन्सी पुरस्कार प्राप्त गर्नेछन् । हेटौंडा–१९, बस्तीपुरका जेनिस प्रमोद खरेलको टिमका सदस्य थिए ।