जेसीआई हेटौंडाको अध्यक्षमा पदस्थापनको क्रममा सपथ ग्रहण गर्दै वर्ष २०२२ का पदाधिकारीहरु ।

हेटौंडाः जेसीआई हेटौंडाको अध्यक्षमा पवन कंशाकार पदस्थापित हुनुभएको छ । शनिबार साँझ हेटौंडामा एक समारोहका बीच वर्ष २०२२ का अध्यक्ष कंशाकारलाई पदस्थापन गरिएको हो । जेसीआई हेटौंडामा १० वर्षपछि सर्वसम्मत अध्यक्ष हुनुभएका कंशाकारलाई वर्ष २०२१ का अध्यक्ष लिसेन बस्नेतले पद हस्तान्तरण गर्नुभएको हो ।

पदस्थापनपछि जेसीआई हेटौंडाका अध्यक्ष कंशाकारले महासचिवमा विकेशलाल श्रेष्ठ, कोषाध्यक्षमा अमृत बर्तौला र कानुनी सल्लाहकारमा पंकज दास बनियाँलाई नियुक्त गर्नुभएको छ । गत पुस १६ गते सम्पन्न निर्वाचनबाट सर्वसम्मत नेतृत्व चयन हुने क्रममा कार्यकारिणी उपाध्यक्षमा संग्राम बल लामा र शिव कुमार श्रेष्ठ चयन हुनुभएको थियो । यस्तै उपाध्यक्षमा महेश्वर अधिकारी, श्यामकृष्ण दाहाल, सन्दीप जंग कार्की र अमित आचार्य निर्वाचित हुनुभएको थियो ।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय समितिका सहमहामन्त्री बद्रि पाण्डेको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल जेसीजको वर्ष २०२१ का अध्यक्ष अरुणेश्वर खनालसहित जेसीजका विभिन्न शाखाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । पदस्थापन कार्यक्रममा वर्ष २०२१ का अध्यक्ष लिसेन बस्नेतले आफ्ना सहयोगीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।