फाइल तस्बिर ।

हेटौंडाः पछिल्लो २४ घण्टामा मकवानपुर जिल्लामा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको दैनिक प्रतिवेदनअनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट परीक्षण गरेका ११ जनामध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ६४ जनाको परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ जना संस्थागत आइसोलेसनमा छन् भने २ सय ९८ जना घरमै आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालयले जनाएको छ ।