हेटौंडाः जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको निमित्त प्रमुखमा भीमसागर गुरागाई नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुरागाईलाई स्वास्थ्य कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।
शुक्रबार निमित्त कार्यालय प्रमुख गुरागाईलाई कर्मचारीले स्वागत गर्दै पदस्थापन गरेको छ । थाइल्याण्डबाट पब्लिक हेल्थमा स्नात्तकोत्तर उत्तीर्ण गुरागाई जनस्वास्थ्य अधिकृत (सातौं तह) हुनुहुन्छ । यसअघिका कार्यालय प्रमुख प्रणय उपाध्यायको अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखको पद रिक्त रहेको थियो । गुरागाई हेटौंडा–४ का स्थायीवासी हुनुहुन्छ ।