सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा बुधबार छ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५६ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा छ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । तीन जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा भने कसैमा संक्रमण पुष्टि नभएको जनाइएको छ ।

संक्रमण पुष्टि हुनेमा सबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या १५ हजार ५ सय ९१ जना पुगेको छ । जिल्लामा यसै अवधिमा तीन जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । होम आइसोलेसनमा तीन जना कोरोनामुक्त भएका हुन । योसँगै हालसम्म कोरोनामुक्त हुनेको कुल संख्या १५ हजार ३ सय १३ जना पुगेको छ ।

जिल्लामा अहिले ४५ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होमआइसोलेसनमा ४२ जना र संस्थागत आइसोलेसनमा तीन उपचाररत छन् ।