सांकेतिक तस्वीर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जना मृत्यु भएको छ ।

बुधबार दिउँसो ३ः३० बजेको समयमा कान्तिलोकपथ अन्तर्गत बकैया गाउँपालिका–११ स्थित सिमातमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक राजकुमार सापकोटाले बताउनुभयो । बुधबार ठिंगनबाट हेटौंडा तर्फ आईरहेको ना ४ त ६०७५ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खसेको बताइएको छ ।

मृतकमध्ये एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि हेटौंडा ल्याउँदै गर्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न सकेको छैन । अहिले घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ ।