हेटौंडाः आन्तरिक राजश्व कार्यालयको आयोजना तथा नेपाल मोबाइल वितरक संघ हेटौंडाको संयोजनमा करसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्विः सुशासन, विकास र समृद्वि’ भन्ने मुलआधार सहित कार्यक्रम भएको हो ।
कर अधिकृत सुमन बुढाथोकीले करसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत मोहलाल जोसीको सभाध्यक्षता तथा मोबाइल एसोसिएसनका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा ६० जनाको सहभागिता रहेको बताइएको छ ।